Section 10
मिसिल, लिखत वा जवाफ पठाउनु पर्ने
(१) अदालतले मुद्दामा प्रमाणको निमित्त आवश्यक पर्ने कुनै मिसिल, लिखत वा अन्य कुनै कुरा पेश गर्न कुनै निकाय वा अधिकारीलाई आदेश दिएमा वा कुनै कुराको स्पष्टीकरण वा जवाफ माग गरेमा सम्बन्धित निकाय वा अधिकारीले अदालतले तोकेको समयभित्र सो आदेशको पालना गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अदालतले दिएको आदेशको पालना नगरेको कारणबाट मुद्वाको कारबाही वा किनारा गर्न बाधा परेमा, कुनै पक्षलाई अनावश्यक हैरानी भएमा वा निजको हकमा प्रतिकूल असर परेमा अदालतले सम्बन्धित निकायको प्रमुख वा अधिकारीलाई पटकैपिच्छे एक हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
तर त्यस्तो सजाय पाएको कुनै निकायको प्रमुख वा अधिकारीले अदालतको आदेश पालना गर्न नसकेको मनासिब कारण: सहित सो जरिबाना हुन नपर्ने सम्बन्धमा अदालतलाई निवेदन दिएमा र त्यस्तो निवेदनको व्यहोरा जाँचबुझ गर्दा मनासिब देखिएमा अदालतले सो जरिबानाको रकम कम गर्न वा जरिबाना गर्ने गरी भएको त्यस्तो आदेश रद्द गर्न सक्नेछ ।